image
March 27, 2025

कुलशेखर र कल्याणविक्रण जस्तो कुनै 'टावरिङ पर्सनालिटी'लाई गभर्नर बनाउनुपर्छ | Keshav Acharya

आगामी चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिँदै छ । अधिकारीको कार्यकाल सकिन लागेसँगै सरकारले नयाँ गभर्नर चुन्दै छ । जसका लागि सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यिय सिफारिस समिति गठन गरेको हो । समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल सदस्य छन् । सोही क्रममा हामीले अर्थविद् केशव आचार्यलाई सोधेका छौं, अबको गभर्नर कस्तो हुनुपर्छ ? राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशकसमेत रहेका आचार्य आफ्नो दायित्व र भूमिका के हो ? भन्ने कुरामा केन्द्रित हुने ‘इन्टिग्रिटी’ भएको व्यक्ति गभर्नर हुनुपर्ने बताउँछन् । पछिल्लो समयका गभर्नरमा ‘टावरिङ पर्सनालिटी’ त परको कुरा इन्टिग्रिटी समेत खिइँदै जाँदा त्यसको असर वित्तीय क्षेत्र र अर्थतन्त्रमा देखिएको उनको भनाइ छ । यस्तो छ, आचार्यको भनाइ ।

Video Link: https://www.youtube.com/watch?v=gkftSGvsP8E